पाउनै पर्छ चाहेका कुरा छाेड्नु हुदैन
पाउनै पर्छ चाहेका कुरा छाेड्नु हुदैन नराख्नुहाेस् सपना अधुरा छाेड्नु हुदैन ।। मेहनत गर्दै जानुस आफुमा विश्वास गर्नुहाेस् हुन्छन् एकदिन अवस्य पूरा छाेड्नु हुदैन ।।

शब्दसँग खेल्न र भावनालाई मुक्तकमार्फत व्यक्त गर्न मन पराउँछु। नेपाली साहित्य र मुक्तकप्रतिको प्रेमसँगै ‘मुक्तक’ प्लेटफर्ममार्फत स्रष्टा र पाठकलाई जोड्ने सानो प्रयासमा छु। ❤️
“शब्द साना होलान्, तर भावनाको गहिराइ ठूलो हुन्छ।”
लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह
पाउनै पर्छ चाहेका कुरा छाेड्नु हुदैन नराख्नुहाेस् सपना अधुरा छाेड्नु हुदैन ।। मेहनत गर्दै जानुस आफुमा विश्वास गर्नुहाेस् हुन्छन् एकदिन अवस्य पूरा छाेड्नु हुदैन ।।
हुदैन केही म छु भन्दै भर गरेर लग्यो देखाएर कयौ सपनाहरू रहर गरेर लग्यो । थाहा छ एकदिन टाढिनु पर्छ, छुटिनु पर्छ भन्ने त जान्दाजान्दै सबै फेरि कहर गरेर लग्यो ।।
निस्किन्छ कुनै न कुनै हल आत्तिनु हुदैन आउछन् एकदिन सुखका पल आत्तिनु हुदैन । जे चाहेको हाे मन लगाएर मेहनत गर्नुपर्छ भइन्छ एकदिन अवस्य सफल आत्तिनु हुदैन ।।
देख्नै नसकेर तिम्रो पागलपन बिहे गरेकाे हु नहुदा नहुदै पनि आफ्नो मन बिहे गरेकाे हु । तिमीलाई बुहारी नबनाए बाच्दैनाै भनेपछि काट्न नसकेर बा-आमाकाे वचन बिहे गरेकाे हु ।।
गहिरो घाउ बनेकाे छ मनमा अनि कसरी पत्याऊ सही वा गलत जे भए पनि कसरी पत्याऊ । साताै जुनिसम्म छाेड्दैँन भन्ने त छाेडेर गएका छन फेरि हिजो भेटिएकी तिमी जादैँनाे भनि कसरी पत्याऊ ।।
एकछिन जाेड्ने घटाउने के तरिका हाे माया दिने कटाउने के तरिका हाे । आफै माया गर्छु भन्ने फेरी आफै टाढा हुने दिलमा राख्ने हटाउने के तरिका हाे ।।
याे भन्दा नि धेरै जान्न के गर्नु पर्छ उसकै हु म भन्ने ठान्न के गर्नु पर्छ ? आफूसँग भाकाे जुक्ति सबै लगाइसके काेहिकाेहिलाई आफ्नो मान्न के गर्नु पर्छ ??
बिष देऊ बरू खान्छु, त्यसाे नभनी देऊ तिमी जे भन्छाै म मान्छु, त्यसाे नभनी देऊ । जे भयाे अन्जानमा भयाे, अब बाट यस्तो हुन्न एक्लै मलाई छाेडेर जान्छु त्यसाे नभनी देऊ ।।