नेपाली मुक्तक
लेखक परिचय

साहित्यकारको प्रोफाइल

लेखकलाई चिन्नुहोस् र उहाँका सिर्जनाहरू पढ्नुहोस्।

गृहपृष्ठ
Sahayattri को प्रोफाइल तस्वीर
नेपाली साहित्यकार

Sahayattri

@sahayattri

शब्दसँग खेल्न र भावनालाई मुक्तकमार्फत व्यक्त गर्न मन पराउँछु। नेपाली साहित्य र मुक्तकप्रतिको प्रेमसँगै ‘मुक्तक’ प्लेटफर्ममार्फत स्रष्टा र पाठकलाई जोड्ने सानो प्रयासमा छु। ❤️

“शब्द साना होलान्, तर भावनाको गहिराइ ठूलो हुन्छ।”

Aug 2026 देखि साहित्यिक यात्रामा
74
प्रकाशित मुक्तक
186
कुल मन पराइ
4,021
कुल पढाइ

✍️ Sahayattri का मुक्तकहरू

लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह

74 सिर्जना
मुक्तक 57

उपहार साट्दै हिँड्नेको दिन कसरी चलेको होला?

उपहार साट्दै हिँड्नेको दिन कसरी चलेको होला ? अर्कालाई ढाँट्दै हिँड्नेको दिन कसरी चलेको होला ?? दिनरात पसिना बगाउँदा पनि हातमुख जोर्न मुस्किल छ यहाँ कुरा काट्दै हिँड्नेको जिन्दगी कसरी चलेको होला?

मुक्तक 58

सुखै सुखमा रमाएर के फुर्ती लाउछाैँ

सुखै सुखमा रमाएर के फुर्ती लाउछाैँ दुईचार पैसा कमाएर के फुर्ती लाउछाैँ । सक्छौ भने आफ्नै खुट्टामा उभिएर देखाऊ अर्कैकाे हात समाएर के फुर्ती लाउछाैँ ।।

मुक्तक 59

नआत्तिनुहाेस् आउनेछ मत बुझिहाल्नु हुन्छ

नआत्तिनुहाेस् आउनेछ मत बुझिहाल्नु हुन्छ के कुरामा पर्या हाे खत बुझिहाल्नु हुन्छ । अहिलेलाई ठिकै छ, जे हुन्छ त्यहीँ मान्नुहाेस् धैर्य गर्नुहाेस् सही, गलत बुझिहाल्नु हुन्छ ।।

मुक्तक 60

😀झ्पाप्प निन्द्रा लाग्छ😀

कस्तो हाेला छेक्दा छेक्दै झ्पाप्प निन्द्रा लाग्छ दुई चार अक्षर लेख्दै झ्पाप्प निन्द्रा लाग्छ । साथीसँग गफगाफ गर्दा दिन वितेकै पत्तो हुन्न कक्षाकाेठामा सर देख्दै झ्पाप्प निन्द्रा लाग्छ ।।

मुक्तक 61

कि त वार हुन्छ, कि त पार हुन्छ

कि त वार हुन्छ, कि त पार हुन्छ यति नबुझे त जिन्दगी नै वेकार हुन्छ । खाेई, पुग्छ कि पुग्दैन ऊ आफ्नो गन्तव्यमा जसलाई सधै अगाडि पुग्न हतार हुन्छ ।।

मुक्तक 62

शहर हुँदै गाउँटाेल कहिले पुर्‍याउछाैँ

शहर हुँदै गाउँटाेल कहिले पुर्‍याउछाैँ वर्षाै भयाे विकासको खाेल कहिले पुर्‍याउछाैँ । तिम्रो पाटीकाे पर्चा भए रातारात पुग्थ्यो हाेला सरकार! कर्णालीमा सिटामाेल कहिले पुर्‍याउछाैँ ।।

मुक्तक 63

❤️ माया गर्छु भन्छे ❤️

हल्का काली हल्ला गाेरी माया गर्छु भन्छे अलि नक्कली छे माेरी माया गर्छु भन्छे । देख्दादेख्दै प्रेम भयाे पछि लाग्न छाेड्दैन रे खाेइ कसकी हाे याे छाेरी माया गर्छु भन्छे ।।

मुक्तक 64

ओैकात नमिल्ने सँग प्रेम गरिएछ

नबुझेरै रङ्ग प्रेम गरिएछ बिना कुनै दङ्ग प्रेम गरिएछ । जे गर म तेराे हुदैन पाे भन्छे कस्तो ओैकात नमिल्ने सँग प्रेम गरिएछ ।।