नेपाली मुक्तक
लेखक परिचय

साहित्यकारको प्रोफाइल

लेखकलाई चिन्नुहोस् र उहाँका सिर्जनाहरू पढ्नुहोस्।

गृहपृष्ठ
CP Sunar को प्रोफाइल तस्वीर
नेपाली साहित्यकार

CP Sunar

@cpsunar

म सि. पि. सुनार, नेपाली गजल तथा मुक्तक लेखनमा रुचि राख्ने एक साहित्यप्रेमी लेखक हुँ। मेरा शब्दहरूमा माया, प्रेम, विरह, धोका र जीवनका अनगिन्ती अनुभूतिहरू समेटिएका हुन्छन्। मनमा उब्जिएका भावनालाई शब्दको रूप दिँदै पाठकको मनसम्म पुग्नु नै मेरो लेखनको उद्देश्य हो। म विश्वास गर्छु—केही शब्दले मन छुन्छन्, केहीले आँसु झार्छन्, अनि केहीले जीवनभरका लागि हृदयमा स्थान बनाउँछन्। ✍️❤️

Oct 2026 देखि साहित्यिक यात्रामा
5
प्रकाशित मुक्तक
15
कुल मन पराइ
270
कुल पढाइ

✍️ CP Sunar का मुक्तकहरू

लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह

5 सिर्जना
मुक्तक 1

अरूको खुसी खोसेर हाँस्ने बानी छैन मेरो 😎

कसैको अगाडि झुकेर बाँच्ने बानी छैन मेरो, स्वार्थको लागि सम्बन्ध गाँस्ने बानी छैन मेरो । एक्लै रून परोस् बरु मेराे भन्नु केही छैन अरूको खुसी खोसेर हाँस्ने बानी छैन मेरो ।।

मुक्तक 2

विश्वास फेरि फर्केर आउँदैन

एकपटक छुटेको सास फेरि फर्केर आउँदैन, मरेर गएको त्यो लास फेरि फर्केर आउँदैन । जिउँदो हुँदै माया गर्न र बुझ्न सिक्नुपर्छ, टुटेर गएको त्यो विश्वास फेरि फर्केर आउँदैन ।।

मुक्तक 3

आफ्नै पसिनासँग लड्नुपर्छ यहाँ

गन्तव्यमा पुग्न सधैँ अघि बढ्नुपर्छ यहाँ सफलताको भर्याङ आफैँले चढ्नुपर्छ यहाँ । बसेर मात्रै कहाँ सपना पूरा हुन्छन् र साथी भाग्य बदल्न आफ्नै पसिनासँग लड्नुपर्छ यहाँ ।।

मुक्तक 4

बाध्यता रहेछ

आफ्नै देश छाडेर जानुपर्ने बाध्यता रहेछ अर्काको गाली सहेर खानुपर्ने बाध्यता रहेछ । परिवारको खुसी र सानो सपना पूरा गर्नलाई जवानी मरुभूमिमै लानुपर्ने बाध्यता रहेछ ।।

मुक्तक 5

हजारौँको भीडमा अरू छान्न सक्दिनँ म❤️

तिम्रो सिवा अरूलाई आफ्नो मान्न सक्दिनँ म, मुटुभित्र अरू कसैलाई तान्न सक्दिनँ म । जहाँ जान्छौ सँगै लानू, एक्लै छाडी नजानू है, हजारौँको भीडमा अरू छान्न सक्दिनँ म ।।