नेपाली मुक्तक

नेपाली मुक्तक

नेपाली साहित्यका सुन्दर मुक्तकहरू पढ्नुहोस्।

Write Muktak
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली मुक्तकहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

75 वटा मुक्तक भेटिए।
Sahayattri
Sahayattri @sahayattri
जीवन

सुखै सुखमा रमाएर के फुर्ती लाउछाैँ

सुखै सुखमा रमाएर के फुर्ती लाउछाैँ
दुईचार पैसा कमाएर के फुर्ती लाउछाैँ ।
सक्छौ भने आफ्नै खुट्टामा उभिएर देखाऊ
अर्कैकाे हात समाएर के फुर्ती लाउछाैँ ।।
Sahayattri
Sahayattri @sahayattri
जीवन

उपहार साट्दै हिँड्नेको दिन कसरी चलेको होला?

उपहार साट्दै हिँड्नेको दिन कसरी चलेको होला ?
अर्कालाई ढाँट्दै हिँड्नेको दिन कसरी चलेको होला ??
दिनरात पसिना बगाउँदा पनि हातमुख जोर्न मुस्किल छ
यहाँ कुरा काट्दै हिँड्नेको जिन्दगी कसरी चलेको होला?
Admin
Admin @admin

निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ

निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ
अविरल शिक्षाको कुलो लेखिएको रहिछ ।
विना शुल्क प्रवेशसम्म नदिइने स्कुलहरूमा
धन भन्दा विद्या ठुलो लेखिएको रहिछ।।