नेपाली मुक्तक
लेखक परिचय

साहित्यकारको प्रोफाइल

लेखकलाई चिन्नुहोस् र उहाँका सिर्जनाहरू पढ्नुहोस्।

गृहपृष्ठ
Sahayattri को प्रोफाइल तस्वीर
नेपाली साहित्यकार

Sahayattri

@sahayattri

शब्दसँग खेल्न र भावनालाई मुक्तकमार्फत व्यक्त गर्न मन पराउँछु। नेपाली साहित्य र मुक्तकप्रतिको प्रेमसँगै ‘मुक्तक’ प्लेटफर्ममार्फत स्रष्टा र पाठकलाई जोड्ने सानो प्रयासमा छु। ❤️

“शब्द साना होलान्, तर भावनाको गहिराइ ठूलो हुन्छ।”

Aug 2026 देखि साहित्यिक यात्रामा
74
प्रकाशित मुक्तक
186
कुल मन पराइ
4,021
कुल पढाइ

✍️ Sahayattri का मुक्तकहरू

लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह

74 सिर्जना
मुक्तक 1

तिमी जुन हाै म घाम कुरै मिलेन

तिमी जुन हाै म घाम कुरै मिलेन तिमी हिरा म फलाम कुरै मिलेन । चाहेर पनि हामी एक हुनै नसकेपछि भाे माया नलगाम कुरै मिलेन ।।

मुक्तक 2

सबै कुराकाे हुन्छ रित लेखेर राख

सबै कुराकाे हुन्छ रित लेखेर राख सत्यकै एकदिन हुन्छ जित लेखेर राख । तिम्रा मन बिझाउने वचनहरू मैले अझै भुलेकाे छैन फिर्ता गर्नेछु एकदिन व्याज सहित लेखेर राख ।।

मुक्तक 3

फेरि आज त्यही माया बेकार कसरी हुन्छ

आउन नपाउँदै एक फेरि चार कसरी हुन्छ फूल हाै तिमी भन्दाभन्दै झार कसरी हुन्छ । कुनैदिन त्यहि नै जीवन थियोे त्यही सर्वाेच्च थियाे फेरि आज त्यही माया बेकार कसरी हुन्छ ।।

मुक्तक 4

छुट्याै भने हामी दुई आश बाकी रहने छैन

छुट्याै भने हामी दुई आश बाकी रहने छैन बाच्ने कुरा नगर भाे सास बाकी रहने छैन । यदि कसैले मेराे मृत्युकाे खबर सुनाइदियाे भनेपनि तिमी पुग्ने बेला सम्म मेराे लाश बाकी रहने छैन ।।

मुक्तक 5

दुःखै दु:खकाे खानि बन्छ भनेकै थिए

दुःखै दु:खकाे खानि बन्छ भनेकै थिए आँसु पनि एकदिन पानी बन्छ भनेकै थिए । त्यति बेला जे हुन्छ हेराैला भन्यौ तिमीले साचो प्रेम त केवल कहानी बन्छ भनेकै थिए ।।

मुक्तक 6

रित्तो गाेजी भाेकाे पेट हिनेर देखाउनुहाेस्

रित्तो गाेजी भाेकाे पेट हिनेर देखाउनुहाेस् काे आफ्नो काे पराइ चिनेर देखाउनुहाेस् । अझै पनि धन भन्दा विद्या ठुलो भन्दै बस्नु भा छ अरे! त्यहीँ धन विना नै विद्या किनेर देखाउनुहाेस् ।।

मुक्तक 7

महल बनाउनु छ एउटा घर बनाउनु छ

महल बनाउनु छ एउटा घर बनाउनु छ सबै सपना पूरा हुने रहर बनाउनु छ । हिजो यति पनि नपत्याउने छिमेकीलाई देखाउनु छ एउटा छुट्टै शहर बनाउनु छ ।।

मुक्तक 8

तिम्रो जस्तै जीवन हाे नि बुझिदिए हुने

तिम्रो जस्तै जीवन हाे नि बुझिदिए हुने मेराे पनि मन हाे नि बुझिदिए हुने । कहिल्यै हामी एक हुन सक्दैनौ भन्दाभन्दै पनि माया हाेइन पागलपन हाे बुझिदिए हुने ।।