नेपाली मुक्तक
लेखक परिचय

साहित्यकारको प्रोफाइल

लेखकलाई चिन्नुहोस् र उहाँका सिर्जनाहरू पढ्नुहोस्।

गृहपृष्ठ
Sahayattri को प्रोफाइल तस्वीर
नेपाली साहित्यकार

Sahayattri

@sahayattri

शब्दसँग खेल्न र भावनालाई मुक्तकमार्फत व्यक्त गर्न मन पराउँछु। नेपाली साहित्य र मुक्तकप्रतिको प्रेमसँगै ‘मुक्तक’ प्लेटफर्ममार्फत स्रष्टा र पाठकलाई जोड्ने सानो प्रयासमा छु। ❤️

“शब्द साना होलान्, तर भावनाको गहिराइ ठूलो हुन्छ।”

Aug 2026 देखि साहित्यिक यात्रामा
74
प्रकाशित मुक्तक
186
कुल मन पराइ
4,021
कुल पढाइ

✍️ Sahayattri का मुक्तकहरू

लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह

74 सिर्जना
मुक्तक 9

चाहिदैँन तिम्रो निष्ठुरी मन नदिए हुन्छ 

चाहिदैँन तिम्रो निष्ठुरी मन नदिए हुन्छ  दुईचार दिनमै ताेडने वचन नदिए हुन्छ । भाे अब यति भए पुगि हाल्छ हाेला मलाई हुदै नभाकाे माया त झन नदिए हुन्छ ।।

मुक्तक 10

भएकाे मात्रै हुन्छ भान म कसरी मानु

भएकाे मात्रै हुन्छ भान म कसरी मानु यति पनि छैन ज्ञान म कसरी मानु । जब भाकाे थाेरै खुसी पनि खाेसेरै लगेपछि फेरि छन भनि भगवान म कसरी मानु ।।

मुक्तक 11

आधा आधि पुराकाे के आश गर्नु

आधा आधि पुराकाे के आश गर्नु मुटु नै रेट्ने छुराकाे के आश गर्नु । थाहा छ त, जे गरेनि तिमी मेराे हुदैनाै भनेर अनि पाउँदै नपाउँने कुराकाे के आश गर्नु ।।

मुक्तक 12

तिम्रै लागि केके गरे मै पागल थिए

तिम्रै लागि केके गरे मै पागल थिए बल्लबल्ल  बुझे अरे मै पागल थिए । तिमी मण्डपमा अर्कैकाे सिन्दुर लगाईरहदा फाेटाे मै भए नि सिउदाे भरे मै पागल थिए ।।

मुक्तक 13

हजाराैमा तिमीलाई मात्रै चुन्छु भन्या किन हाे त

हजाराैमा तिमीलाई मात्रै चुन्छु भन्या किन हाे त जुनिजुनि म त तिम्रै हुन्छु भन्या किन हाे त । आखिरमा म रूदा तिमी हास्ने रहिछ्याै नि त फेरि तिमी रूदा म पनि रून्छु भन्या किन हाे त।।

मुक्तक 14

दुध खाेज्छाै कि त पानी जे नि पाइन्छ

दुध खाेज्छाै कि त पानी जे नि पाइन्छ माया चाहियो कि जवानी जे नि पाइन्छ । धन कमाउ सम्पत्ति जाेड पछि लाग्दै हिड्नु भन्दा केके चाहियो छानिछानि जे नि पाइन्छ ।।

मुक्तक 15

बिहेमा गई, भाेज खाई भनेर आए

बिहेमा गई, भाेज खाई भनेर आए बढाइ छ है हामी सबैलाई भनेर आए । बिर्सिनै गाह्रो भएर हाे कि छिमेकी बन्न आएकी कति राम्रो भाउजू पाएछाैँ दाइ भनेर आए ।।

मुक्तक 16

के थाहा म जीवन भरि कसरी बाचेकाे छु

के थाहा म जीवन भरि कसरी बाचेकाे छु भा छैन केहि जस्तो गरि कसरी बाचेकाे छु । साथ छाेड्याै, बाटाे माेड्याै भुलिपनि सक्योै हाेला तिम्रै यादमा रूदै बेस्सरी कसरी बाचेकाे छु ।।