नेपाली मुक्तक

नेपाली मुक्तक

नेपाली साहित्यका सुन्दर मुक्तकहरू पढ्नुहोस्।

Write Muktak
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली मुक्तकहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

75 वटा मुक्तक भेटिए।
Sahayattri
Sahayattri @sahayattri
अन्य

नगरी चिन्ता नमानी हार काम चलाउनु है

नगरी चिन्ता नमानी हार काम चलाउनु है
थपिए पनि जिम्मेवार काम चलाउनु है ।
धेरै साेच्नु पर्दैन भाे हाम्रो पनि दिन आउला
केही बर्ष नगरी हतार काम चलाउनु है ।।
Sahayattri
Sahayattri @sahayattri
भावना

सम्झेर उसको बालापन के बित्छ हाेला

सम्झेर उसको बालापन के बित्छ हाेला
साच्चै ! एउटा आमाकाे मन के बित्छ हाेला ।
घर चलाउन कै लागि परदेश उडेकाे छाेराकाे
उतै सकिदा अकालमै जीवन के बित्छ हाेला ।।
Admin
Admin @admin

निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ

निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ
अविरल शिक्षाको कुलो लेखिएको रहिछ ।
विना शुल्क प्रवेशसम्म नदिइने स्कुलहरूमा
धन भन्दा विद्या ठुलो लेखिएको रहिछ।।