नेपाली मुक्तक
लेखक परिचय

साहित्यकारको प्रोफाइल

लेखकलाई चिन्नुहोस् र उहाँका सिर्जनाहरू पढ्नुहोस्।

गृहपृष्ठ
Sahayattri को प्रोफाइल तस्वीर
नेपाली साहित्यकार

Sahayattri

@sahayattri

शब्दसँग खेल्न र भावनालाई मुक्तकमार्फत व्यक्त गर्न मन पराउँछु। नेपाली साहित्य र मुक्तकप्रतिको प्रेमसँगै ‘मुक्तक’ प्लेटफर्ममार्फत स्रष्टा र पाठकलाई जोड्ने सानो प्रयासमा छु। ❤️

“शब्द साना होलान्, तर भावनाको गहिराइ ठूलो हुन्छ।”

Aug 2026 देखि साहित्यिक यात्रामा
74
प्रकाशित मुक्तक
186
कुल मन पराइ
4,021
कुल पढाइ

✍️ Sahayattri का मुक्तकहरू

लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह

74 सिर्जना
मुक्तक 41

उनिऊ पनि कही फुल्छ भन्ने मात्रै हाे

उनिऊ पनि कही फुल्छ भन्ने मात्रै हाे फूल भए पाे भमरा डुल्छ भन्ने मात्रै हाे । तिम्रो लागि ज्यानै दिन्छु भन्नेहरूले पनि हिरा पाए काेइला भुल्छ भन्ने मात्रै हाे ।।

मुक्तक 42

बरू मन छैन भन बाेल्नलाई बाहाना नबनाऊ

बरू मन छैन भन बाेल्नलाई बाहाना नबनाऊ सत्य के हाे? खाेल्नलाई बाहाना नबनाऊ । भाे छाेड, एकै तिरले दुई निसाना हुनै सक्दैन मेराे मन बिथोल्नलाई बाहाना नबनाऊ ।।

मुक्तक 43

जसाेतसाे मनलाई खुसी पार्दै हासेकाे छु

जसाेतसाे मनलाई खुसी पार्दै हासेकाे छु आखाकाे आशु ओठसम्म सार्दै हासेकाे छु । परिस्थितिले जिम्मेवारीकाे भारी बाेकाएपछि आफैले आफ्नै सपना मार्दै हासेकाे छु ।।

मुक्तक 44

अनिष्ट राहु काल कट्याे खुसी हुनु तिमी

अनिष्ट राहु काल कट्याे खुसी हुनु तिमी बजारमा प्रेमकाे भाउ घट्यो खुसी हुनु तिमी । बर्षाै बर्ष देखि म तिम्रो बाेझ बनेकाे रहेछु सम्झनु बाटाेकाे काँडा हट्याे खुसी हुनु तिमी ।।

मुक्तक 45

मायालाई नि जाेख्ने नाप्ने कुरा नगर न

मायालाई नि जाेख्ने नाप्ने कुरा नगर न भाे जहाँ पनि खति थाप्ने कुरा नगर न । मैले घर बनाउन नाता जाेड्ने कुरा गरेकाे हु तिमी घरै भत्काएर आगाे ताप्ने कुरा नगर न ।।

मुक्तक 46

तिम्राे आखामा आशु हेरी म हास्न सक्छु र

तिम्राे आखामा आशु हेरी म हास्न सक्छु र जान्छु भन्छाै तिमी एक्लै म बाच्न सक्छु र । शंका नगर भाे मेराे मायामा खाेट छदै छैन तिमी बाहेक अन्तै नाता म गास्न सक्छु र ।।

मुक्तक 47

गल्ती गर्याैँ तिमीले आफ्नै काल रच्याैँ

लाग्या हाेला तिमीले ठुलै जाल रच्याैँ मान्न त माने मैले नि खत्रै चाल रच्याैँ । 'लठ्ठी नभाचिने, सर्प नि नमर्ने' यहीँ साेच्याै हाेला बिचरा! गल्ती गर्याैँ तिमीले आफ्नै काल रच्याैँ ।।

मुक्तक 48

नभनि घाम, नभनि पानी आएकी हु

नभनि घाम, नभनि पानी आएकी हु बा-आमाकाे वचनसम्म नमानी आएकी हु । आज मै माथि हात हाल्योै, खाेई के साेच्याै? मैले त तिमीलाई सर्वस्व ठानी आएकी हु ।।