सबै खल्लो लाग्छ, विना नुनको तरकारी लाग्छ
त्यहीँ हाे, उहीँ वारि लाग्छ, उहीँ पारी लाग्छ खाली ज्यान गर्हाै लाग्छ, मन भारी लाग्छ । हामी दुईको सम्बन्ध सकिएकै दिनबाट सबै खल्लो लाग्छ विना नुनको तरकारी लाग्छ ।।

शब्दसँग खेल्न र भावनालाई मुक्तकमार्फत व्यक्त गर्न मन पराउँछु। नेपाली साहित्य र मुक्तकप्रतिको प्रेमसँगै ‘मुक्तक’ प्लेटफर्ममार्फत स्रष्टा र पाठकलाई जोड्ने सानो प्रयासमा छु। ❤️
“शब्द साना होलान्, तर भावनाको गहिराइ ठूलो हुन्छ।”
लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह
त्यहीँ हाे, उहीँ वारि लाग्छ, उहीँ पारी लाग्छ खाली ज्यान गर्हाै लाग्छ, मन भारी लाग्छ । हामी दुईको सम्बन्ध सकिएकै दिनबाट सबै खल्लो लाग्छ विना नुनको तरकारी लाग्छ ।।
पागल भई रूदै हिन्छु नसाेचेनि हुन्छ यति सजिलै माफी दिन्छु नसाेचेनि हुन्छ । हिजो अलिकति दया सम्म देखाएनाै जाने बेला आज तिमीले भन्दैमा फर्किन्छु नसाेचेनि हुन्छ ।।
तिम्रो नाम हुनेछ, मेराे थर हुनेछ आऊ,नजिक भए एक अर्काकाे भर हुनेछ । तिमी मेराे साथ नछाेड्नु म तिम्रो हात छाेड्दिन् यति भए त खुसीको लामै लहर हुनेछ ।।
मेरो सास छुट्याे भन्दा खुसी हुनु तिमी दिएकाे वचन टुट्यो भन्दा खुसी हुनु तिमी । मैले तिम्रै खुसीको लागि प्राण त्याग्न लागेकाे हु मेराे लाश उठ्यो भन्दा खुसी हुनु तिमी ।।
अब मलाई छाेड्ने भईछ्याै भन्दै भनिनाै त नयाँ साइनो जाेड्ने भईछ्याै भन्दै भनिनाै त । तिमी खुसी थिएनाै भने हासि हासि बिदा दिन्थे अरूकै घुम्टो ओढ्ने भईछ्याै भन्दै भनिनाै त ।।
मन नभाकाे घर बसालेर खुसी छु भन्छाै फेरि, रूदै आशु खसालेर खुसी छु भन्छाै ? अरूकै लागि साेच्दासाेच्दै जीवन बिति सक्यो तिम्रो अझ नरक मै जिन्दगी पसालेर खुसी छु भन्छाै ??
निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ अविरल शिक्षाको कुलो लेखिएको रहिछ । विना शुल्क प्रवेशसम्म नदिइने स्कुलहरूमा धन भन्दा विद्या ठुलो लेखिएको रहिछ।।
फूलैफूलको बिचमा बिझने काँडा बन्दिन म भाे, देखाउनकै लागि तिम्रो 'राधा' बन्दिन म । जाने भए गए हुन्छ, कल्ले छेक्या छ र तिमलाई फलोस्-फुलोस् तिम्रो जीवन, बाधा बन्दिन म ।।