यसपालि नि मंसिर यसै जाने भयाे
मन भरि पिरै पिर यसै जाने भयाे भाग्यै खाेटाे हाे कि आखिर यसै जाने भयाे । तिमी पर्ख पर्ख भन्छाै, कति पर्खिनु यसपालि नि मंसिर यसै जाने भयाे ।।

शब्दसँग खेल्न र भावनालाई मुक्तकमार्फत व्यक्त गर्न मन पराउँछु। नेपाली साहित्य र मुक्तकप्रतिको प्रेमसँगै ‘मुक्तक’ प्लेटफर्ममार्फत स्रष्टा र पाठकलाई जोड्ने सानो प्रयासमा छु। ❤️
“शब्द साना होलान्, तर भावनाको गहिराइ ठूलो हुन्छ।”
लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह
मन भरि पिरै पिर यसै जाने भयाे भाग्यै खाेटाे हाे कि आखिर यसै जाने भयाे । तिमी पर्ख पर्ख भन्छाै, कति पर्खिनु यसपालि नि मंसिर यसै जाने भयाे ।।
पर्ने गरि अरूलाई पिर फुर्ती लाउदाे रहिछ छ भन्दै बलियो तक्दिर फुर्ती लाउदाे रहिछ । हिजाे अस्ति सँगै पढी हुर्किएकाे साथीले नि खाएपछि सरकारी जागिर फुर्ती लाउदाे रहिछ ।।
के शहरमा के गाउँमा जागिर पाइदैन नढाेक्दा सम्म कसैकाे पाउमा जागिर पाइदैन । आफ्नो याेग्यता र क्षमताकाे के फुर्ती लाउनु खै भनसुन नगरी गतिलाे ठाउँमा जागिर पाइदैन ।।
दु:ख सुख जे भएनि आट्छु मात्रै भन मन मुटु तिमीसँगै साट्छु मात्रै भन । घर व्यवहार मिलाउने मेराे जिम्मा छाेड सानू बस्, तिमी सँगै जीवन काट्छु मात्रै भन ।।
साथ दिए जीवन भर जान तयार छु म गाउँ हाेस् या शहर जान तयार छु म । तिमीले मलाई लाखौं लाखमा राेजेकै हाेै भने बेहुली बनी तिम्रो घर जान तयार छु म ।।
निदाउनु छ तिम्रै काखमा कि के भन्छाै राेजेकाे हु लाखाै लाखमा कि के भन्छाै ? नयाँ बर्ष सँगसँगै नयाँ खुसी थप्ने भए लिन आउछु बैशाखमा कि के भन्छाै ??
माया गर्छु भन्छाै फेरि म कसरी पट्याउ एक पटक नि नहेरी म कसरी पट्याउ । यसै पनि मेेैले जीवनमा घाम देख्न पाकाे छैन बनाइ छाेड्छाै कि अधेरी म कसरी पट्याउ ।।
बरफकाे मूल्य रह्यो र के? पानी भएपछि मन मुटु सबै जलेर खरानी भएपछि । भुल्न पनि साह्रै गाह्राे हुने रहेछ क्यारे उसलाई नहेरी ननिदाउने बानी भएपछि ।।