नेपाली मुक्तक

नेपाली मुक्तक

नेपाली साहित्यका सुन्दर मुक्तकहरू पढ्नुहोस्।

Write Muktak
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली मुक्तकहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

75 वटा मुक्तक भेटिए।
Sahayattri
Sahayattri @sahayattri
भावना

तिमी जुन हाै म घाम कुरै मिलेन

तिमी जुन हाै म घाम कुरै मिलेन
तिमी हिरा म फलाम कुरै मिलेन ।
चाहेर पनि हामी एक हुनै नसकेपछि
भाे माया नलगाम कुरै मिलेन ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेरणा

सबै कुराकाे हुन्छ रित लेखेर राख

सबै कुराकाे हुन्छ रित लेखेर राख
सत्यकै एकदिन हुन्छ जित लेखेर राख ।
तिम्रा मन बिझाउने वचनहरू मैले अझै भुलेकाे छैन
फिर्ता गर्नेछु एकदिन व्याज सहित लेखेर राख ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

फेरि आज त्यही माया बेकार कसरी हुन्छ

आउन नपाउँदै एक फेरि चार कसरी हुन्छ
फूल हाै तिमी भन्दाभन्दै झार कसरी हुन्छ ।
कुनैदिन त्यहि नै जीवन थियोे त्यही सर्वाेच्च थियाे
फेरि आज त्यही माया बेकार कसरी हुन्छ ।।
Sahayattri
Sahayattri @sahayattri
भावना

छुट्याै भने हामी दुई आश बाकी रहने छैन

छुट्याै भने हामी दुई आश बाकी रहने छैन
बाच्ने कुरा नगर भाे सास बाकी रहने छैन ।
यदि कसैले मेराे मृत्युकाे खबर सुनाइदियाे भनेपनि
तिमी पुग्ने बेला सम्म मेराे लाश बाकी रहने छैन ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

दुःखै दु:खकाे खानि बन्छ भनेकै थिए

दुःखै दु:खकाे खानि बन्छ भनेकै थिए
आँसु पनि एकदिन पानी बन्छ भनेकै थिए ।
त्यति बेला जे हुन्छ हेराैला भन्यौ तिमीले
साचो प्रेम त केवल कहानी बन्छ भनेकै थिए ।।
Sahayattri
Sahayattri @sahayattri
जीवन

रित्तो गाेजी भाेकाे पेट हिनेर देखाउनुहाेस्

रित्तो गाेजी भाेकाे पेट हिनेर देखाउनुहाेस्
काे आफ्नो काे पराइ चिनेर देखाउनुहाेस् ।
अझै पनि धन भन्दा विद्या ठुलो भन्दै बस्नु भा छ
अरे! त्यहीँ धन विना नै विद्या किनेर देखाउनुहाेस् ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेरणा

महल बनाउनु छ एउटा घर बनाउनु छ

महल बनाउनु छ एउटा घर बनाउनु छ
सबै सपना पूरा हुने रहर बनाउनु छ ।
हिजो यति पनि नपत्याउने छिमेकीलाई
देखाउनु छ एउटा छुट्टै शहर बनाउनु छ ।।
Sahayattri
Sahayattri @sahayattri
भावना

तिम्रो जस्तै जीवन हाे नि बुझिदिए हुने

तिम्रो जस्तै जीवन हाे नि बुझिदिए हुने
मेराे पनि मन हाे नि बुझिदिए हुने ।
कहिल्यै हामी एक हुन सक्दैनौ भन्दाभन्दै पनि
माया हाेइन पागलपन हाे बुझिदिए हुने ।।
Sahayattri
Sahayattri @sahayattri
भावना

चाहिदैँन तिम्रो निष्ठुरी मन नदिए हुन्छ 

चाहिदैँन तिम्रो निष्ठुरी मन नदिए हुन्छ 
दुईचार दिनमै ताेडने वचन नदिए हुन्छ ।
भाे अब यति भए पुगि हाल्छ हाेला मलाई
हुदै नभाकाे माया त झन नदिए हुन्छ ।।
Sahayattri
Sahayattri @sahayattri
दर्शन

भएकाे मात्रै हुन्छ भान म कसरी मानु

भएकाे मात्रै हुन्छ भान म कसरी मानु
यति पनि छैन ज्ञान म कसरी मानु ।
जब भाकाे थाेरै खुसी पनि खाेसेरै लगेपछि
फेरि छन भनि भगवान म कसरी मानु ।।
Sahayattri
Sahayattri @sahayattri
अन्य

आधा आधि पुराकाे के आश गर्नु

आधा आधि पुराकाे के आश गर्नु
मुटु नै रेट्ने छुराकाे के आश गर्नु ।
थाहा छ त, जे गरेनि तिमी मेराे हुदैनाै भनेर
अनि पाउँदै नपाउँने कुराकाे के आश गर्नु ।।
Sahayattri
Sahayattri @sahayattri
विछाेड

तिम्रै लागि केके गरे मै पागल थिए

तिम्रै लागि केके गरे मै पागल थिए
बल्लबल्ल  बुझे अरे मै पागल थिए ।
तिमी मण्डपमा अर्कैकाे सिन्दुर लगाईरहदा
फाेटाे मै भए नि सिउदाे भरे मै पागल थिए ।।