नेपाली मुक्तक

नेपाली मुक्तक

नेपाली साहित्यका सुन्दर मुक्तकहरू पढ्नुहोस्।

Write Muktak
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली मुक्तकहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

75 वटा मुक्तक भेटिए।
Sahayattri
Sahayattri @sahayattri
जीवन

फूलैफूलको बिचमा बिझने काँडा बन्दिन म

फूलैफूलको बिचमा बिझने काँडा बन्दिन म
भाे, देखाउनकै लागि तिम्रो 'राधा' बन्दिन म ।
जाने भए गए हुन्छ, कल्ले छेक्या छ र तिमलाई
फलोस्-फुलोस् तिम्रो जीवन, बाधा बन्दिन म ।।
Sahayattri
Sahayattri @sahayattri
दर्शन

निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ

निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ
अविरल शिक्षाको कुलो लेखिएको रहिछ ।
विना शुल्क प्रवेशसम्म नदिइने स्कुलहरूमा
धन भन्दा विद्या ठुलो लेखिएको रहिछ।।
Sahayattri
Sahayattri @sahayattri
दु:ख/पिडा

मन नभाकाे घर बसालेर खुसी छु भन्छाै

मन नभाकाे घर बसालेर खुसी छु भन्छाै
फेरि, रूदै आशु खसालेर खुसी छु भन्छाै ?
अरूकै लागि साेच्दासाेच्दै जीवन बिति सक्यो तिम्रो
अझ नरक मै जिन्दगी पसालेर खुसी छु भन्छाै ??
Sahayattri
Sahayattri @sahayattri
विछाेड

अब मलाई छाेड्ने भईछ्याै भन्दै भनिनाै त

अब मलाई छाेड्ने भईछ्याै भन्दै भनिनाै त
नयाँ साइनो जाेड्ने भईछ्याै भन्दै भनिनाै त ।
तिमी खुसी थिएनाै भने हासि हासि बिदा दिन्थे
अरूकै घुम्टो ओढ्ने भईछ्याै भन्दै भनिनाै त ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

मेरो सास छुट्याे भन्दा खुसी हुनु तिमी

मेरो सास छुट्याे भन्दा खुसी हुनु तिमी
दिएकाे वचन टुट्यो भन्दा खुसी हुनु तिमी ।
मैले तिम्रै खुसीको लागि प्राण त्याग्न लागेकाे हु
मेराे लाश उठ्यो भन्दा खुसी हुनु तिमी ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

तिम्रो नाम हुनेछ, मेराे थर हुनेछ

तिम्रो नाम हुनेछ, मेराे थर हुनेछ
आऊ,नजिक भए एक अर्काकाे भर हुनेछ ।
तिमी मेराे साथ नछाेड्नु म तिम्रो हात छाेड्दिन्
यति भए त खुसीको लामै लहर हुनेछ ।।
Sahayattri
Sahayattri @sahayattri
अन्य

पागल भई रूदै हिन्छु नसाेचेनि हुन्छ

पागल भई रूदै हिन्छु नसाेचेनि हुन्छ
यति सजिलै माफी दिन्छु नसाेचेनि हुन्छ ।
हिजो अलिकति दया सम्म देखाएनाै जाने बेला
आज तिमीले भन्दैमा फर्किन्छु नसाेचेनि हुन्छ ।।
Sahayattri
Sahayattri @sahayattri
दु:ख/पिडा

सबै खल्लो लाग्छ, विना नुनको तरकारी लाग्छ

त्यहीँ हाे, उहीँ वारि लाग्छ, उहीँ पारी लाग्छ
खाली ज्यान गर्हाै लाग्छ, मन भारी लाग्छ ।
हामी दुईको सम्बन्ध सकिएकै दिनबाट
सबै खल्लो लाग्छ विना नुनको तरकारी लाग्छ ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

नभनि घाम, नभनि पानी आएकी हु

नभनि घाम, नभनि पानी आएकी हु
बा-आमाकाे वचनसम्म नमानी आएकी हु ।
आज मै माथि हात हाल्योै, खाेई के साेच्याै?
मैले त तिमीलाई सर्वस्व ठानी आएकी हु ।।
Sahayattri
Sahayattri @sahayattri
अन्य

गल्ती गर्याैँ तिमीले आफ्नै काल रच्याैँ

लाग्या हाेला तिमीले ठुलै जाल रच्याैँ
मान्न त माने मैले नि खत्रै चाल रच्याैँ ।
'लठ्ठी नभाचिने, सर्प नि नमर्ने' यहीँ साेच्याै हाेला
बिचरा! गल्ती गर्याैँ तिमीले आफ्नै काल रच्याैँ ।।
Sahayattri
Sahayattri @sahayattri
भावना

तिम्राे आखामा आशु हेरी म हास्न सक्छु र

तिम्राे आखामा आशु हेरी म हास्न सक्छु र
जान्छु भन्छाै तिमी एक्लै म बाच्न सक्छु र ।
शंका नगर भाे मेराे मायामा खाेट छदै छैन
तिमी बाहेक अन्तै नाता म गास्न सक्छु र ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

मायालाई नि जाेख्ने नाप्ने कुरा नगर न

मायालाई नि जाेख्ने नाप्ने कुरा नगर न
भाे जहाँ पनि खति थाप्ने कुरा नगर न ।
मैले घर बनाउन नाता जाेड्ने कुरा गरेकाे हु
तिमी घरै भत्काएर आगाे ताप्ने कुरा नगर न ।।