नेपाली मुक्तक

नेपाली मुक्तक

नेपाली साहित्यका सुन्दर मुक्तकहरू पढ्नुहोस्।

Write Muktak
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली मुक्तकहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

75 वटा मुक्तक भेटिए।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

बिष देऊ बरू खान्छु, त्यसाे नभनी देऊ

बिष देऊ बरू खान्छु, त्यसाे नभनी देऊ
तिमी जे भन्छाै म मान्छु, त्यसाे नभनी देऊ ।
जे भयाे अन्जानमा भयाे, अब बाट यस्तो हुन्न
एक्लै मलाई छाेडेर जान्छु त्यसाे नभनी देऊ ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

काेहिकाेहिलाई आफ्नो मान्न के गर्नु पर्छ ??

याे भन्दा नि धेरै जान्न के गर्नु पर्छ
उसकै हु म भन्ने ठान्न के गर्नु पर्छ ?
आफूसँग भाकाे जुक्ति सबै लगाइसके
काेहिकाेहिलाई आफ्नो मान्न के गर्नु पर्छ ??
Sahayattri
Sahayattri @sahayattri
प्रेम

एकछिन जाेड्ने घटाउने के तरिका हाे 

एकछिन जाेड्ने घटाउने के तरिका हाे 
माया दिने कटाउने के तरिका हाे ।
आफै माया गर्छु भन्ने फेरी आफै टाढा हुने 
दिलमा राख्ने हटाउने के तरिका हाे ।।
Sahayattri
Sahayattri @sahayattri
मित्रता

गहिरो घाउ बनेकाे छ मनमा अनि कसरी पत्याऊ

गहिरो घाउ बनेकाे छ मनमा अनि कसरी पत्याऊ
सही वा गलत जे भए पनि कसरी पत्याऊ ।
साताै जुनिसम्म छाेड्दैँन भन्ने त छाेडेर गएका छन
फेरि हिजो भेटिएकी तिमी जादैँनाे भनि कसरी पत्याऊ ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

देख्नै नसकेर तिम्रो पागलपन बिहे गरेकाे हु

देख्नै नसकेर तिम्रो पागलपन बिहे गरेकाे हु
नहुदा नहुदै पनि आफ्नो मन बिहे गरेकाे हु ।
तिमीलाई बुहारी नबनाए बाच्दैनाै भनेपछि
काट्न नसकेर बा-आमाकाे वचन बिहे गरेकाे हु ।।
Sahayattri
Sahayattri @sahayattri
भावना

निस्किन्छ कुनै न कुनै हल आत्तिनु हुदैन

निस्किन्छ कुनै न कुनै हल आत्तिनु हुदैन
आउछन् एकदिन सुखका पल आत्तिनु हुदैन ।
जे चाहेको हाे मन लगाएर मेहनत गर्नुपर्छ
भइन्छ एकदिन अवस्य सफल  आत्तिनु हुदैन ।।
Sahayattri
Sahayattri @sahayattri
अन्य

हुदैन केही म छु भन्दै भर गरेर लग्यो

हुदैन केही म छु भन्दै भर गरेर लग्यो
देखाएर कयौ सपनाहरू रहर गरेर लग्यो ।
थाहा छ एकदिन टाढिनु पर्छ, छुटिनु पर्छ भन्ने त
जान्दाजान्दै सबै फेरि कहर गरेर लग्यो ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेरणा

पाउनै पर्छ चाहेका कुरा छाेड्नु हुदैन

पाउनै पर्छ चाहेका कुरा छाेड्नु हुदैन
नराख्नुहाेस् सपना अधुरा छाेड्नु हुदैन ।।
मेहनत गर्दै जानुस आफुमा विश्वास गर्नुहाेस्
हुन्छन् एकदिन अवस्य पूरा छाेड्नु हुदैन ।।
Sahayattri
Sahayattri @sahayattri
जीवन

मेरा जिन्दगीको जाेड घटाउ हिसाब गरेर जाऊ

मेरा जिन्दगीको जाेड घटाउ हिसाब गरेर जाऊ
नराख न मलाई अल्झनमा निसाब गरेर जाऊ।
आउदिन फेरि तिम्रो जीवनमा आउँदिन भनेर
कहिल्यै नफर्किने गरि अब किताब गरेर जाऊ ।।
Sahayattri
Sahayattri @sahayattri
विछाेड

उठाउँछ कि देखेर साेचेकाे थिए हेरेर गयाे

उठाउँछ कि देखेर साेचेकाे थिए हेरेर गयाे
मलाई दु:खै दुःखकाे भुमरीले बेरेर गयाे ।
उसकै लागि मैले हिजाे केके सम्म गरेको थिएन
ऊ सर्प रहेछ आज सजिलै काचुली फेरेर गयाे ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेरणा

जता भन्छ जसले उतै बढ्नु त भएन नि

जता भन्छ जसले उतै बढ्नु त भएन नि
खाेज्छन लडाउन खुट्टा तान्नेहरू लढ्नु त भएन नि ।
अरूकाे खिसि गर्नु भन्दा बरू आफूले सक्ने गर्नुपर्छ
अरूले घाेडा चढ्यो भन्दैमा आफू धुरी चढ्नु त भएन नि ।।
Sahayattri
Sahayattri @sahayattri
दु:ख/पिडा

निर्दयी बनी कठाेर बनी वचन लगाउछन

निर्दयी बनी कठाेर बनी वचन लगाउछन
गरेनस् केही राम्रो भनी वचन लगाउछन ।
समयमै दुईचार पैसा नकमाउनु पर्छ, महाेदय !
हेर्नुस् त, आफ्नै बाआमाले पनि वचन लगाउछन ।।