रावण भन या त राम फरक पर्देैन
रावण भन या त राम फरक पर्देैन बरू छैन भन केही नि काम फरक पर्दैन । म मेराे ठाउँमा ठिक छु, तिमी तिम्रै ठाउँमा तारिफ गर या त बदनाम फरक पर्दैन ।।

शब्दसँग खेल्न र भावनालाई मुक्तकमार्फत व्यक्त गर्न मन पराउँछु। नेपाली साहित्य र मुक्तकप्रतिको प्रेमसँगै ‘मुक्तक’ प्लेटफर्ममार्फत स्रष्टा र पाठकलाई जोड्ने सानो प्रयासमा छु। ❤️
“शब्द साना होलान्, तर भावनाको गहिराइ ठूलो हुन्छ।”
लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह
रावण भन या त राम फरक पर्देैन बरू छैन भन केही नि काम फरक पर्दैन । म मेराे ठाउँमा ठिक छु, तिमी तिम्रै ठाउँमा तारिफ गर या त बदनाम फरक पर्दैन ।।
भन्न त बिर्सिन्न भन्थ्याे जाने बेला गाउँ बिर्सिएछ आफू खेल्दै हुर्किएकाे ठाउँ बिर्सिएछ । सानाे छदा मरे पनि अलग हुन्न भन्ने छाेराले आज श्रीमती पाएछ आमाबाऊ बिर्सिएछ ।।
पानी परे पनि रूज्ने म छदै छु नि आमा... दुःख बुज्ने पिर बुज्ने म छदै छु नि दुनियाँले छिछि गर्लान्, दुरदुर गर्लान् नराम्रो नमान्नु तिमीलाई भगवान सम्झि पुज्ने म छदै छु नि ।।
राम्रै लाछ मिठाे खाछ भन्नु हाेला आमा नआए नि खबर आछ भन्नु हाेला आमा । छिमेकीलाई कुरा काट्ने बाटो हुन सक्छ नि त जागिर पाछ, ठुलो भाछ भन्नु हाेला आमा ।।
निर्दयी बनी कठाेर बनी वचन लगाउछन गरेनस् केही राम्रो भनी वचन लगाउछन । समयमै दुईचार पैसा नकमाउनु पर्छ, महाेदय ! हेर्नुस् त, आफ्नै बाआमाले पनि वचन लगाउछन ।।
जता भन्छ जसले उतै बढ्नु त भएन नि खाेज्छन लडाउन खुट्टा तान्नेहरू लढ्नु त भएन नि । अरूकाे खिसि गर्नु भन्दा बरू आफूले सक्ने गर्नुपर्छ अरूले घाेडा चढ्यो भन्दैमा आफू धुरी चढ्नु त भएन नि ।।
उठाउँछ कि देखेर साेचेकाे थिए हेरेर गयाे मलाई दु:खै दुःखकाे भुमरीले बेरेर गयाे । उसकै लागि मैले हिजाे केके सम्म गरेको थिएन ऊ सर्प रहेछ आज सजिलै काचुली फेरेर गयाे ।।
मेरा जिन्दगीको जाेड घटाउ हिसाब गरेर जाऊ नराख न मलाई अल्झनमा निसाब गरेर जाऊ। आउदिन फेरि तिम्रो जीवनमा आउँदिन भनेर कहिल्यै नफर्किने गरि अब किताब गरेर जाऊ ।।