त्यस्तो के बाध्यता पर्याे
गासेर सम्बन्ध ताेड्नु पर्ने त्यस्तो के बाध्यता पर्याे बिच बाटोमै छाेड्नु पर्ने त्यस्तो के बाध्यता पर्याे । कुन्नि तिमीलाई के कुरामा चित्त बुझेन म बाट अन्तै नाता जाेड्नु पर्ने त्यस्तो के बाध्यता पर्याे ।।

शब्दसँग खेल्न र भावनालाई मुक्तकमार्फत व्यक्त गर्न मन पराउँछु। नेपाली साहित्य र मुक्तकप्रतिको प्रेमसँगै ‘मुक्तक’ प्लेटफर्ममार्फत स्रष्टा र पाठकलाई जोड्ने सानो प्रयासमा छु। ❤️
“शब्द साना होलान्, तर भावनाको गहिराइ ठूलो हुन्छ।”
लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह
गासेर सम्बन्ध ताेड्नु पर्ने त्यस्तो के बाध्यता पर्याे बिच बाटोमै छाेड्नु पर्ने त्यस्तो के बाध्यता पर्याे । कुन्नि तिमीलाई के कुरामा चित्त बुझेन म बाट अन्तै नाता जाेड्नु पर्ने त्यस्तो के बाध्यता पर्याे ।।
बा-आमा दिदि भाई काेहि चाहिदैँन रे घरपरिवार समाज उसलाई काेहि चाहिदैँन रे । बर्षाै बर्षकाे सम्बन्ध पनि चटक्कै बिर्सिएर हिजो भेटेकाे मान्छे पाई काेहि चाहिदैँन रे ।।
अलगअलग हुनु पर्ने याे कस्तो दिन आयाे हास्दाहास्दै रूनु पर्ने याे कस्तो दिन आयाे। तिमी भगवानकी प्यारी भयाै, नआउने गरि गयाै तस्बिर हेर्दै छुनु पर्ने याे कस्तो दिन आयाे ।।
न दिन देखिने छ तिमीलाई न रात देखिने छ जिउँदै मान्छे लैजाने मसान घाट देखिने छ । शेर कै गुफामा हात हाल्याै, ठुलै गल्ती गर्याै केही क्षणमै अब आफ्नै ओैकात देखिने छ ।।
उसकै साथमा खुसी हुनु अरू के भन्नू र सफलताको शिखर छुनु अरू के भन्नू र । यस्तै भयाे याे जुनिमा सँगै हुन सकिएन मलाई सम्झि नरूनु अरू के भन्नू र ।।
तिमी जाऊ कत्ति रून्न वचन भयाे मेराे बिहे गर, दुःखी हुन्न वचन भयाे मेराे। पाउनु मात्रै माया हाेइन, चित्त बुझाई बसाैला म आउछु बिहेमा टपरी बुन्न वचन भयाे मेराे ।।
साच्चै जस्तो बाचा कसम खुवाएर जान्छन् ढुङ्गा जस्तो मनलाई पनि छुवाएर जान्छन् । काेहीकाेही त मान्छे पनि कस्ता अनाैथा आफै रूमाल दिन्छन् आफै रूवाएर जान्छन् ।।
कस्तो छ हालखबर साेध्नै बिर्सिएछु के हाेला नाम थर साेध्नै बिर्सिएछु ? कुरैकुरामा दिन बितेकाे पत्तोसम्म पाइएन कता पर्याे तिम्रो घर साेध्नै बिर्सिएछु ??