नेपाली मुक्तक

नेपाली मुक्तक

नेपाली साहित्यका सुन्दर मुक्तकहरू पढ्नुहोस्।

Write Muktak
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली मुक्तकहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

75 वटा मुक्तक भेटिए।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

लिन आउछु बैशाखमा कि के भन्छाै

निदाउनु छ तिम्रै काखमा कि के भन्छाै
राेजेकाे हु लाखाै लाखमा कि के भन्छाै ?
नयाँ बर्ष सँगसँगै नयाँ खुसी थप्ने भए
लिन आउछु बैशाखमा कि के भन्छाै ??
Sahayattri
Sahayattri @sahayattri
प्रेम

बेहुली बनी तिम्रो घर जान तयार छु म

साथ दिए जीवन भर जान तयार छु म
गाउँ हाेस् या शहर जान तयार छु म ।
तिमीले मलाई लाखौं लाखमा राेजेकै हाेै भने
बेहुली बनी तिम्रो घर जान तयार छु म ।।
Sahayattri
Sahayattri @sahayattri
भावना

दु:ख सुख जे भएनि आट्छु मात्रै भन

दु:ख सुख जे भएनि आट्छु मात्रै भन
मन मुटु तिमीसँगै साट्छु मात्रै भन ।
घर व्यवहार मिलाउने मेराे जिम्मा छाेड सानू
बस्, तिमी सँगै जीवन काट्छु मात्रै भन ।।
Sahayattri
Sahayattri @sahayattri
समसामयिक

के शहरमा के गाउँमा जागिर पाइदैन

के शहरमा के गाउँमा जागिर पाइदैन
नढाेक्दा सम्म कसैकाे पाउमा जागिर पाइदैन ।
आफ्नो याेग्यता र क्षमताकाे के फुर्ती लाउनु खै
भनसुन नगरी गतिलाे ठाउँमा जागिर पाइदैन ।।
Sahayattri
Sahayattri @sahayattri
हास्य

खाएपछि सरकारी जागिर फुर्ती लाउदाे रहिछ😀

पर्ने गरि अरूलाई पिर फुर्ती लाउदाे रहिछ 
छ भन्दै बलियो तक्दिर फुर्ती लाउदाे रहिछ ।
हिजाे अस्ति सँगै पढी हुर्किएकाे साथीले नि
खाएपछि सरकारी जागिर फुर्ती लाउदाे रहिछ ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

यसपालि नि मंसिर यसै जाने भयाे

मन भरि पिरै पिर यसै जाने भयाे
भाग्यै खाेटाे हाे कि आखिर यसै जाने भयाे ।
तिमी पर्ख पर्ख भन्छाै, कति पर्खिनु
यसपालि नि मंसिर यसै जाने भयाे ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

ओैकात नमिल्ने सँग प्रेम गरिएछ

नबुझेरै रङ्ग प्रेम गरिएछ
बिना कुनै दङ्ग प्रेम गरिएछ ।
जे गर म तेराे हुदैन पाे भन्छे
कस्तो ओैकात नमिल्ने सँग प्रेम गरिएछ ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

❤️ माया गर्छु भन्छे ❤️

हल्का काली हल्ला गाेरी माया गर्छु भन्छे
अलि नक्कली छे माेरी माया गर्छु भन्छे ।
देख्दादेख्दै प्रेम भयाे पछि लाग्न छाेड्दैन रे
खाेइ कसकी हाे याे छाेरी माया गर्छु भन्छे ।।
Sahayattri
Sahayattri @sahayattri
समाज

शहर हुँदै गाउँटाेल कहिले पुर्‍याउछाैँ

शहर हुँदै गाउँटाेल कहिले पुर्‍याउछाैँ
वर्षाै भयाे विकासको खाेल कहिले पुर्‍याउछाैँ ।
तिम्रो पाटीकाे पर्चा भए रातारात पुग्थ्यो हाेला
सरकार! कर्णालीमा सिटामाेल कहिले पुर्‍याउछाैँ ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेरणा

कि त वार हुन्छ, कि त पार हुन्छ

कि त वार हुन्छ, कि त पार हुन्छ
यति नबुझे त जिन्दगी नै वेकार हुन्छ ।
खाेई, पुग्छ कि पुग्दैन ऊ आफ्नो गन्तव्यमा
जसलाई सधै अगाडि पुग्न हतार हुन्छ ।।
Sahayattri
Sahayattri @sahayattri
हास्य

😀झ्पाप्प निन्द्रा लाग्छ😀

कस्तो हाेला छेक्दा छेक्दै झ्पाप्प निन्द्रा लाग्छ
दुई चार अक्षर लेख्दै झ्पाप्प निन्द्रा लाग्छ ।
साथीसँग गफगाफ गर्दा दिन वितेकै पत्तो हुन्न
कक्षाकाेठामा सर देख्दै झ्पाप्प निन्द्रा लाग्छ ।।
Sahayattri
Sahayattri @sahayattri
दर्शन

नआत्तिनुहाेस् आउनेछ मत बुझिहाल्नु हुन्छ

नआत्तिनुहाेस् आउनेछ मत बुझिहाल्नु हुन्छ
के कुरामा पर्या हाे खत बुझिहाल्नु हुन्छ ।
अहिलेलाई ठिकै छ, जे हुन्छ त्यहीँ मान्नुहाेस्
धैर्य गर्नुहाेस् सही, गलत बुझिहाल्नु हुन्छ ।।