नेपाली मुक्तक

नेपाली मुक्तक

नेपाली साहित्यका सुन्दर मुक्तकहरू पढ्नुहोस्।

Write Muktak
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली मुक्तकहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

75 वटा मुक्तक भेटिए।
Sahayattri
Sahayattri @sahayattri
विछाेड

उसकै साथमा खुसी हुनु अरू के भन्नू र

उसकै साथमा खुसी हुनु अरू के भन्नू र
सफलताको शिखर छुनु अरू के भन्नू र ।
यस्तै भयाे याे जुनिमा सँगै हुन सकिएन
मलाई सम्झि नरूनु अरू के भन्नू र ।।
Sahayattri
Sahayattri @sahayattri
विछाेड

तिमी जाऊ कत्ति रून्न वचन भयाे मेराे

तिमी जाऊ कत्ति रून्न वचन भयाे मेराे
बिहे गर, दुःखी हुन्न वचन भयाे मेराे।
पाउनु मात्रै माया हाेइन, चित्त बुझाई बसाैला म
आउछु बिहेमा टपरी बुन्न वचन भयाे मेराे ।।
Sahayattri
Sahayattri @sahayattri
विछाेड

साच्चै जस्तो बाचा कसम खुवाएर जान्छन्

साच्चै जस्तो बाचा कसम खुवाएर जान्छन्
ढुङ्गा जस्तो मनलाई पनि छुवाएर जान्छन् ।
काेहीकाेही त मान्छे पनि कस्ता अनाैथा
आफै रूमाल दिन्छन् आफै रूवाएर जान्छन् ।।
Sahayattri
Sahayattri @sahayattri
मित्रता

कस्तो छ हालखबर साेध्नै बिर्सिएछु

कस्तो छ हालखबर साेध्नै बिर्सिएछु
के हाेला नाम थर साेध्नै बिर्सिएछु ?
कुरैकुरामा दिन बितेकाे पत्तोसम्म पाइएन
कता पर्याे तिम्रो घर साेध्नै बिर्सिएछु ??
Sahayattri
Sahayattri @sahayattri
समसामयिक

उनिऊ पनि कही फुल्छ भन्ने मात्रै हाे

उनिऊ पनि कही फुल्छ भन्ने मात्रै हाे
फूल भए पाे भमरा डुल्छ भन्ने मात्रै हाे ।
तिम्रो लागि ज्यानै दिन्छु भन्नेहरूले पनि
हिरा पाए काेइला भुल्छ भन्ने मात्रै हाे ।।
Sahayattri
Sahayattri @sahayattri
दु:ख/पिडा

बरू मन छैन भन बाेल्नलाई बाहाना नबनाऊ

बरू मन छैन भन बाेल्नलाई बाहाना नबनाऊ
सत्य के हाे? खाेल्नलाई बाहाना नबनाऊ ।
भाे छाेड, एकै तिरले दुई निसाना हुनै सक्दैन
मेराे मन बिथोल्नलाई बाहाना नबनाऊ ।।
Sahayattri
Sahayattri @sahayattri
दु:ख/पिडा

जसाेतसाे मनलाई खुसी पार्दै हासेकाे छु

जसाेतसाे मनलाई खुसी पार्दै हासेकाे छु
आखाकाे आशु ओठसम्म सार्दै हासेकाे छु ।
परिस्थितिले जिम्मेवारीकाे भारी बाेकाएपछि
आफैले आफ्नै सपना मार्दै हासेकाे छु ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

अनिष्ट राहु काल कट्याे खुसी हुनु तिमी

अनिष्ट राहु काल कट्याे खुसी हुनु तिमी
बजारमा प्रेमकाे भाउ घट्यो खुसी हुनु तिमी ।
बर्षाै बर्ष देखि म तिम्रो बाेझ बनेकाे रहेछु
सम्झनु बाटाेकाे काँडा हट्याे खुसी हुनु तिमी ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

मायालाई नि जाेख्ने नाप्ने कुरा नगर न

मायालाई नि जाेख्ने नाप्ने कुरा नगर न
भाे जहाँ पनि खति थाप्ने कुरा नगर न ।
मैले घर बनाउन नाता जाेड्ने कुरा गरेकाे हु
तिमी घरै भत्काएर आगाे ताप्ने कुरा नगर न ।।
Sahayattri
Sahayattri @sahayattri
भावना

तिम्राे आखामा आशु हेरी म हास्न सक्छु र

तिम्राे आखामा आशु हेरी म हास्न सक्छु र
जान्छु भन्छाै तिमी एक्लै म बाच्न सक्छु र ।
शंका नगर भाे मेराे मायामा खाेट छदै छैन
तिमी बाहेक अन्तै नाता म गास्न सक्छु र ।।
Sahayattri
Sahayattri @sahayattri
अन्य

गल्ती गर्याैँ तिमीले आफ्नै काल रच्याैँ

लाग्या हाेला तिमीले ठुलै जाल रच्याैँ
मान्न त माने मैले नि खत्रै चाल रच्याैँ ।
'लठ्ठी नभाचिने, सर्प नि नमर्ने' यहीँ साेच्याै हाेला
बिचरा! गल्ती गर्याैँ तिमीले आफ्नै काल रच्याैँ ।।
Sahayattri
Sahayattri @sahayattri
प्रेम

नभनि घाम, नभनि पानी आएकी हु

नभनि घाम, नभनि पानी आएकी हु
बा-आमाकाे वचनसम्म नमानी आएकी हु ।
आज मै माथि हात हाल्योै, खाेई के साेच्याै?
मैले त तिमीलाई सर्वस्व ठानी आएकी हु ।।